सरस्वती ज्ञानकुञ्ज स्कुलबाट ४ जिपिए ल्याउने ९ जना विद्यार्थी सम्मानित

विद्यालयका प्रधानाध्यापक राजकुमार मण्डल का अनुसार यस वर्षको एसईई परीक्षामा विद्यालयका विद्यार्थीहरुले सुनसरी जिल्लामै प्रथम हुँदै कोशी प्रदेशमा दोस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
Logo
Popular News आइतबार, जेठ ०३, २०८३

इनरुवा, ३ जेठ । सुनसरी सदरमुकाम इनरुवास्थित सरस्वती ज्ञानकुञ्ज सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ऐतिहासिक सफलता हासिल गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विशेष सम्मान गरेको छ । विद्यालयमा आयोजित सम्मान कार्यक्रममा ४ जिपिए प्राप्त गर्ने ९ जना विद्यार्थीसहित उत्कृष्ट नतिजा हासिल गर्ने अन्य विद्यार्थीहरुलाई समेत सम्मान गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक राजकुमार मण्डल का अनुसार यस वर्षको एसईई परीक्षामा विद्यालयका विद्यार्थीहरुले सुनसरी जिल्लामै प्रथम हुँदै कोशी प्रदेशमा दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । विद्यालयका ९ जना विद्यार्थीले ४.०० GPA, ९ जना विद्यार्थीले ३.९५ GPA तथा एक विद्यार्थीले ३.९६ GPA प्राप्त गरेका छन् ।

४.०० GPA प्राप्त गर्ने विद्यार्थीहरूमा रमिज राजा, बुवानदेव मेहता, श्रेया झा, स्मृति यादव, शुभम पोखरेल, नेहारिका अख्तर साइबा, कृतिका कुमारी झा, स्लेश्मा खड्का तथा सुयोग ढकाल रहेका छन् ।

त्यसैगरी ३.९५ GPA प्राप्त गर्ने विद्यार्थीहरूमा आशिष साह, कल्पना कुमारी राउत, किंजल सिंह, ओम रेग्मी, प्रेमलता कुमारी मण्डल, राज घिमिरे, राकेश साह, रञ्जित कुमार साह, रितेश कुमार मेहता तथा स्नेहा मण्डल रहेका छन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रधानाध्यापक मण्डलले विद्यालयको उत्कृष्ट नतिजाले सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकलाई गौरवान्वित बनाएको बताए । उनले विद्यार्थीहरूको मेहनत, अनुशासन र समर्पणका साथै अभिभावक र शिक्षकहरूको निरन्तर सहयोगका कारण विद्यालयले ऐतिहासिक सफलता हासिल गर्न सकेको उल्लेख गरे ।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय शिक्षाप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

विद्यालयले आगामी वर्षहरूमा पनि अझ उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने लक्ष्यसहित शिक्षण गतिविधिलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800