इनरुवा, १४ जेठ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले बिहीबार १९औं स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सुरक्षाकर्मीलाई सम्मान गरिएको जनाइएको छ ।
कार्यक्रममा संगठनले स्थापनाकालदेखि देशको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षामा पुर्याउँदै आएको योगदानबारे चर्चा गरिएको थियो । विभिन्न कार्यक्रमका साथ मनाइएको स्थापना दिवसमा सुरक्षा निकायका अधिकारी, जनप्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।