पाठेघर तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न

Logo
Popular News शनिबार, जेठ ३०, २०८३

विराटनगर, ३० जेठ । महिलाको प्रजनन स्वास्थ्य संरक्षण तथा क्यान्सरजस्ता जटिल रोगको समयमै पहिचान गर्ने उद्देश्यले विराटनगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।

 लायन्स क्लब अफ विराटनगरको आयोजनामा सम्पन्न शिविरमा एक सयभन्दा बढी महिलाले स्वास्थ्य परीक्षण गराएका छन्।

शिविरमा ३० देखि ६० वर्ष उमेर समूहका महिलालाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या तथा फिस्टुलासम्बन्धी परीक्षण सेवा प्रदान गरिएको थियो। विशेषगरी अत्याधुनिक एचपीभी डीएनए प्रविधिमार्फत पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

स्वास्थ्य विज्ञहरूका अनुसार एचपीभी डीएनए परीक्षणले क्यान्सरको जोखिम प्रारम्भिक चरणमै पहिचान गर्न सहयोग पुर्‍याउने भएकाले समयमै उपचार तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ। शिविरमा सहभागी महिलाहरूलाई स्तन क्यान्सरका प्रारम्भिक लक्षण, नियमित स्वास्थ्य परीक्षणको आवश्यकता, प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना तथा व्यक्तिगत सरसफाइबारे परामर्शसमेत प्रदान गरिएको थियो।

आयोजकका अनुसार ग्रामीण तथा न्यून आय भएका समुदायका महिलासम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। आर्थिक अभाव, चेतनाको कमी तथा स्वास्थ्य सेवामा सीमित पहुँचका कारण धेरै महिलाले समयमै परीक्षण गराउन नसक्ने अवस्था अझै रहेकाले यस्ता कार्यक्रमले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800