इनरुवा, २९ असार। सुनसरीको हरिनगर गाउँपालिकाले दुई शैक्षिक संस्थालाई विद्यालय बस हस्तान्तरण गरेको छ।
विद्यार्थीहरूको सहज, सुरक्षित र नियमित आवतजावत सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकाले दुईवटा बस खरिद गरी सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको हो।
बस प्राप्त गर्ने विद्यालयहरूमा श्री हरिनगर माध्यमिक विद्यालय र भुटाहास्थित मदरसा जामिअतुल इस्लाह अल इस्लामिया रहेका छन्।
गाउँपालिका अध्यक्ष हाजी गफार मियाँ अन्सारीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको बजेटबाट करिब १ करोड रुपैयाँको लागतमा दुईवटा विद्यालय बस खरिद गरिएको हो। विशेषगरी टाढाका बस्तीबाट विद्यालय आउने विद्यार्थी तथा छात्राहरूको सुरक्षित यात्रालाई प्राथमिकतामा राखेर बस व्यवस्था गरिएको उनले बताए।
अध्यक्ष अन्सारीले स्थानीय सरकारको दायित्व शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै भने, “टाढाका बस्तीबाट आउने विद्यार्थी, विशेषगरी छात्राहरूले सुरक्षित रूपमा विद्यालय आउन–जान सकून् भन्ने उद्देश्यले बस खरिद गरी विद्यालयलाई हस्तान्तरण गरेका हौं।