सुनसरी–२ कांग्रेस निर्वाचनमा विवाद, मतदान प्रक्रिया अवरुद्ध, विवाद समाधानका लागि छलफल हुदै

Logo
Popular News बिहिबार, आश्विन १५, २०८३

इनरुवा, १५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर २ मा भइरहेको मतदान प्रक्रिया अवरुद्ध भएको छ।

उम्मेदवार प्यानलको चिटकटो वितरण तथा प्रयोगको विषयलाई लिएर विवाद बढेपछि मतदान रोकिएको हो।

विवाद उत्पन्न भएपछि निर्वाचन स्थलमा केही समयका लागि मतदान प्रक्रिया रोकिएको छ। विवाद समाधानका लागि उम्मेदवारका प्रतिनिधि तथा सम्बन्धित पक्षबीच छलफल भइरहेको जनाइएको छ।

विवाद समाधान भएपछि मात्रै मतदान प्रक्रिया पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800