सप्तकोशी नदीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु, एक घाइते

Logo
Popular News आइतबार, कार्तिक ०९, २०८३

इनरुवा, ८ कात्तिक। भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेट बोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार जेट बोटमा १४ जना सवार थिए। बोटको इन्जिन बन्द भएपछि नदीको तीव्र बहावले किनारको भित्तामा ठोक्काएको र त्यसपछि बोट पानीमा डुबेको बताइएको छ।

दुर्घटनामा घाइते भएका व्यक्तिको उपचार तथा बोटमा सवार अन्य यात्रुहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी छ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800