इनरुवा, १ मंसिर। सर्लाही–४ का संघीय सांसद डा. अमरेश कुमार सिंहले झापाको ऐतिहासिक मेची पुलबाट ६० दिने मेची–महाकाली पदयात्रा सुरु गरेका छन्।
पदयात्राको पहिलो दिन झापा क्षेत्र नं. ३ का सांसद प्रकाश पाठक, क्षेत्र नं. ४ का सांसद शम्भुप्रसाद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति ओम भण्डारी, सचिव प्रेम खनाललगायत नेता, कार्यकर्ता तथा स्थानीयवासी सहभागी भएका थिए।
जनतासँग प्रत्यक्ष संवाद गर्ने, भेटघाट गर्ने र सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित पदयात्रा सुरु गरिएको सांसद सिंहले बताएका छन्।
पदयात्राको सुरुवातमा साथ, सहयोग र सहभागिता जनाउने सबैप्रति सांसद सिंहले आभार व्यक्त गरेका छन्।