अपन स्वर्ग नेपालद्वारा ASN अन्तर्राष्ट्रिय अवार्ड” कार्यक्रम सम्पन्न

Logo
Popular News शनिबार, फाल्गुण ०२, २०८२

इनरुवा, २ फागुन । सुनसरीको इनरुवामा अपन स्वर्ग नेपालद्वारा  “ASN अन्तर्राष्ट्रिय अवार्ड” कार्यक्रम सम्पन्न भएको छ ।

अपन स्वर्ग नेपाल कला संस्कृति बहुभाषिक चलचित्र संघले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न विधाका ८३ जनालाई इन्टरनेशनल अवार्ड प्रदान गरिएको हो । वर्षभरीमा आ–आफ्नो क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा गत वर्षदेखि आयोजना हुँदै आएको अवार्डको दोस्रो संस्करण अन्तर्गत शनिबार ASN अवार्ड वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष झोटन मेहता ले प्रत्येक मानिस कुनै न कुनै प्रतिभा लिएर जन्मिने भएकाले त्यस्ता प्रतिभाको सम्मान र उजागर गर्ने उद्देश्यले गत वर्षदेखि अवार्ड कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनका अनुसार विभिन्न विधामा ओझेलमा परेका तथा आ–आफ्नो क्षेत्रमा चर्चित व्यक्तित्वहरूलाई सम्मान गर्ने सोचका साथ नेपालीसहित भारतीय कला, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरूलाई पनि अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इसराईल मंसुरी ले विभिन्न विधाका ८३ जनालाई अवार्ड प्रदान गरेका थिए । उनले  यस कार्यक्रमले कोशी प्रदेश र देशलाई सकारात्मक तथा सार्थक सन्देश दिएको बताए ।

अवार्ड वितरण कार्यक्रममा संगीत, साहित्य, सञ्चार, गीतकार, गायक, क्यामेरापर्सन, नायक, नायिका, निर्देशक, कलाकार, फिल्म निर्माता, कृषक, समाजसेवी, डाक्टर, वकिल, साहित्यकार, मूर्तिकार, रेकर्डिङ स्टुडियो तथा संगीतकार लगायतका विधामा आबद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800