इनरुवा, २४ असोज। नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापा विजयी भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो, जसमध्ये ५४ मत बदर भएको छ।
कुल खसेको मतका आधारमा थापाले ९३ दशमलव ८८ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै, खड्गीले ५ दशमलव ३५ प्रतिशत मत प्राप्त गर्दा ० दशमलव ७७ प्रतिशत मत बदर भएको छ।
थापाले आफ्ना निकटतम प्रतिस्पर्धी खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।
यसैबीच, नेपाली कांग्रेसका अन्य पदाधिकारीको मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी गरिएको छ।