सबै दलले आचार संहिता उल्लंघन गरे : सुनसरीका प्रमुख जिल्ला अधिकारी घिमिरे

Logo
Popular News आइतबार, फाल्गुण १०, २०८२

इनरुवा, १० फागुन । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जिल्लाका सबै राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय बैठकमा उनले निर्वाचन आचारसंहिता सबैले उल्लंघन गरेको उल्लेख गर्दै आफूले गरेको गल्ती बेवास्ता गरेर अरूमाथि मात्र प्रश्न उठाउने प्रवृत्ति देखिएको बताए ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले आचारसंहिता सबैले अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिँदै यसको कार्यान्वयनका विषयमा सबै पक्षले आत्मसमिक्षा गर्नुपर्ने बताए ।

सुनसरी–४ अन्तर्गत भोक्राहा नरसिंह–४ मा हिजो नेपाली कांग्रेसराष्ट्रिय स्वतन्त्र पार्टी का कार्यकर्ताबीच भएको विवादपछि आज सर्वदलीय बैठक बोलाइएको थियो ।

बैठकमा विभिन्न विषयमा पाँच बुँदे सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800