बालेनमाथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा युवक पक्राउ

Logo
Popular News आइतबार, फाल्गुण १७, २०८२

काठमाडौं, १७ फागुन । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख तथा रास्वपा नेता बालेन्द्र शाह (बालेन) माथि गोली प्रहार भएको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा एक युवक पक्राउ परेका छन्।

सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन शाहमाथि गोली प्रहार’ भएको भन्दै भ्रामक पोस्ट गरेपछि प्रहरीले २३ वर्षीय प्रकाश भट्टलाई पक्राउ गरेको हो। भट्ट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ निवासी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनलाई शुक्रबार काठमाडौं महानगरपालिका–५ स्थित डबली चोकबाट पक्राउ गरिएको हो।

प्रहरीले भट्टविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800