धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय (विज्ञप्तिसहित)

Logo
Popular News आइतबार, फाल्गुण २४, २०८२

काठमाडौं,२४ फागुन। निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्यको मत परिणाम हाललाई घोषणा नगर्ने निर्णय गरेको छ ।

आयोगको निर्णयअनुसार आइतबार नै धनुषा क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको छ । आयोगका शाखा अधिकृत (कानुन) अरूण अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उक्त जानकारी दिइएको हो ।

आयोगले फागुन १८ गते धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भई हाल विचाराधीन रहेकोले अदालतबाट आदेश नआएसम्म धनुषा–१ को पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मत परिणाम घोषणा नगर्न आयोगले निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई त्यसको जानकारी आयोगलाई दिन प्रदेश निर्वाचन कार्यालयलाई पनि बोधार्थ पठाइएको शाखा अधिकृत अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800