सुनसरीको ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना, बिस्कुटमा रौँ भेटिएपछि कारबाही

Logo
Popular News शनिबार, बैशाख ०५, २०८३

इनरुवा, ५ बैशाख । सुनसरीको दुहबीस्थित ‘गुडलाइफ’ ब्रान्ड अन्तर्गत उत्पादन हुने ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ (कपाल) भेटिएपछि सम्बन्धित उद्योगलाई २ लाख रुपैयाँ जरिबाना गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले उद्योगमा अनुगमन गरी नमुना संकलन गरेको थियो।

प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बिस्कुटमा बाह्य वस्तु मिसिएको पुष्टि भएपछि उद्योगमाथि कडा कारबाही गरिएको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत कसुर प्रमाणित भएपछि दफा ३९ अनुसार २ लाख रुपैयाँ जरिबाना तोकिएको हो। साथै, उद्योगलाई सुधार योजना पेश नगरेसम्म उत्पादन पुनः सञ्चालन नगर्न निर्देशन दिइएको छ।

नियामक निकायले उद्योगलाई सात दिनभित्र जरिबाना बुझाएर त्यसको प्रमाण पेश गर्न पनि भनेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार उपभोक्ताबाट प्राप्त उजुरीपछि गरिएको विस्तृत अनुगमनमा उत्पादन प्रक्रियामा गम्भीर कमजोरी भेटिएको छ। विशेषगरी, उत्पादन क्षेत्रमा सरसफाइ मापदण्ड पालना नभएको, कर्मचारीहरूले आवश्यक सुरक्षात्मक सामग्री (हेयर कभर, ग्लोभ्स) प्रयोग नगरेको तथा गुणस्तर परीक्षण प्रणाली कमजोर रहेको निष्कर्ष निकालिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800