“विशेष कारण” स्थगित गरियो आह्वान भएको संसद् अधिवेशन

Logo
Popular News बिहिबार, बैशाख १०, २०८३

इनरुवा, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले अधिवेशन स्थगित गर्ने निर्णय गरेका हुन्।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए। तर त्यसलाई स्थगित गर्न सरकारले वैशाख १० गते राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो।

जारी विज्ञप्ति अनुसार सरकारले पठाएको पत्रमा अधिवेशन कहिले पुनः आह्वान गर्ने भन्ने मिति भने उल्लेख गरिएको छैन।

यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिको कार्यालयले वैशाख १७ गतेका लागि अधिवेशन आह्वानको सूचना जारी गरेको थियो।

मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई पठाएको पत्रमा भने “विशेष कारण” उल्लेख गर्दै अधिवेशन स्थगित गर्नुपर्ने अवस्था आएको जनाइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800