काठमाडौँ, १० बैशाख । प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई काठमाडौँको नारायणचौर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
विवादित सेयर कारोबार सम्बन्धी विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदनका आधारमा गोल्छासहित पाँच जनाबीच मिलेमतो भएको आशंका गरिएको छ। सोही प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको बुझिएको छ।