इनरुवा, १३ बैशाख । सुनसरीको कोशी गाउँपालिका–१, लौकहीस्थित मुख्य बजार क्षेत्रमा अन्दाजी ३०–३५ वर्ष उमेरका एक पुरुषको शव फेला परेको छ।
स्थानीयका अनुसार बजार क्षेत्रमा शव देखिएपछि प्रहरीलाई जानकारी गराइएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार मृतक पछिल्लो समयदेखि लौकहीमै बसोबास गर्दै सामान्य काम गरेर जीवनयापन गरिरहेका थिए। तर, हालसम्म उनको पहिचान खुल्न सकेको छैन।
घटनापछि पुगेको प्रहरी टोलीले क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।