सशस्त्र प्रहरीद्वारा ३ लाख बढीको भन्सार छलीका सामान बरामद

Logo
Popular News सोमबार, बैशाख १४, २०८३

इनरुवा, १४ वैशाख। सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण मुख्यालय सुनसरीले विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब ३ लाख १८ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

सीमापार अपराध तथा अवैध चोरी–तस्करी नियन्त्रणमा कडाइ गरिएसँगै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी तथा चेकजाँचलाई तीव्र बनाएको छ। यस क्रममा भन्सार छलीका सामान बरामद हुने क्रम समेत बढ्दै गएको देखिएको छ।

गणबाट परिचालित टोलीले सुनसरी जिल्लाका विभिन्न सीमा नाकाबाट भारतीय बजारबाट लुकिछिपी ल्याइएका लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान तथा रजनीगन्धा बरामद गरेको हो।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्धमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले जानकारी दिए।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800