ब्राउन सुगरसहित एक युवक पक्राउ

Logo
Popular News शनिबार, बैशाख १९, २०८३

इनरुवा, १९ बैशाख । सुनसरीमा तरकारीको झोलाभित्र लुकाइएको अवस्थामा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।

सुनसरीको कोशी गाउँपालिका–८ चारकुने सीमा क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित सप्तरीको हनुमाननगर कंकालिनीका २७ वर्षीय श्यामकुमार रजक पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका रजकलाई नेपाल प्रहरीसँगको संयुक्त चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनले भारतीय बजारबाट ल्याएको तरकारीको झोलाभित्र लुकाएर १.४६ ग्राम ब्राउन सुगर नेपाल भित्र्याउने प्रयास गरेका थिए। शंका लागेपछि गरिएको जाँचका क्रममा लागुऔषध फेला परेपछि उनलाई तत्काल पक्राउ गरिएको हो।

पक्राउ परेका रजकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800