इनरुवा, ६ जेठ । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको १४औं साधारण सभामा चार जना पत्रकार सम्मानित तथा पुरस्कृत भएका छन् ।
इटहरीमा आयोजित कार्यक्रममा अग्रज पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डे द्वारा स्थापित ‘चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार’ बाट पत्रकार शशि कोइराला सम्मानित भएका हुन् ।
त्यसैगरी ‘प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार’ बाट विवेक भट्टराई, ‘डम्बरबहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार’ बाट रश्मि प्रधान तथा ‘रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार’ बाट सुनिल चौधरी सम्मानित भएका छन् ।
