इनरुवा, १३ साउन । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सकहरूले जारी आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरकार र आन्दोलनरत चिकित्सकबीच भएको छलफलपछि पाँच बुँदे सहमति भएको हो।
सहमतिपत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।
सहमतिपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ।

