जिल्ला अस्पताल इनरुवा घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, निमित्त मेसु डा. सन्तोष साह जिम्मेवारीबाट अलग

Logo
Popular News आइतबार, आश्विन २५, २०८३

इनरुवा, २५ असोज । प्रसव पीडामा आएकी महिलालाई भर्ना नलिएको घटनाबारे कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। घटनाको छानबिन प्रभावित हुन नदिन जिल्ला अस्पताल सुनसरीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोष साहलाई अस्पताल प्रमुखको जिम्मेवारीबाट अलग गरिएको छ।

जिल्ला अस्पताल सुनसरीमा असोज २१ गते भएको घटनाको छानबिन गर्न मन्त्रालयले असोज २३ गते समिति गठन गरेको हो। स्वास्थ्य मन्त्रालयको पत्रअनुसार मन्त्रालयका उपसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

समितिलाई घटनाको निष्पक्ष छानबिन गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। छानबिन प्रक्रिया निष्पक्ष बनाउन अस्पतालका तत्कालीन निमित्त मेसु डा. साहलाई अस्पताल प्रमुखको जिम्मेवारीबाट अलग गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले छानबिनका क्रममा कसैको संलग्नता प्रचलित कानुनविपरीत देखिएमा सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।

प्रसव पीडामा अस्पताल पुगेकी महिलाको उपचार तथा भर्नासम्बन्धी घटनाले स्वास्थ्य सेवा प्रवाह र अस्पतालको जिम्मेवारीबारे प्रश्न उठिरहेका बेला मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो। समितिको प्रतिवेदनपछि घटनाको वास्तविकता र जिम्मेवारीबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800