बराहक्षेत्रमा ब्राउन सुगरजस्तो पदार्थसहित २० वर्षीय युवक पक्राउ

Logo
Popular News मंगलबार, कार्तिक २५, २०८३

इनरुवा, २४ कार्तिक । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ प्रगति चोकबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

मगलवार राति २ः३० बजेको समयमा अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले प्रगति चोकमा शंकास्पद अवस्थामा पैदल हिँडिरहेका बराहक्षेत्र–७ निवासी २० वर्षीय सुमन बस्नेतलाई चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उनको साथबाट १ ग्राम ७५० मिलिग्राम (१.७५ ग्राम) ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थसहित बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800