सुनसरी प्रशासनद्वारा मर्यादित र अनुशासित रूपमा देउसी–भैलो खेल्न आग्रह

Logo
Popular News सोमबार, कार्तिक २४, २०८३

इनरुवा, २३ कात्तिक । जिल्ला प्रशासन कार्यालय सुनसरीले तिहार पर्वका अवसरमा देउसी–भैलो कार्यक्रम मर्यादित, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन गर्न जिल्लावासीलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार सूचना जारी गर्दै नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र सामाजिक सद्भाव कायम हुने गरी देउसी–भैलो खेल्न आग्रह गरेको हो।

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनामा देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक हुनुपर्ने र कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नहुने उल्लेख गरिएको छ।

त्यस्तै, विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायप्रति घृणा र द्वेष फैलाउने अश्लील गीत, सङ्गीत, नृत्य तथा नाराको प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ।

चाडपर्वका क्रममा जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन पनि सूचनामार्फत सचेत गराइएको छ।

यसैगरी, अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम प्रयोग नगर्न, अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन र सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरण स्वच्छ राख्न प्रशासनले अनुरोध गरेको छ।

देउसी–भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा नियमविपरीत गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800