विराटनगरको उखुबारीमा युवकको शव फेला, हत्या भएको आशंका

Logo
Popular News शुक्रबार, मंसिर ०५, २०८३

इनरुवा, ४ मंसिर । विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक उखुबारीमा शुक्रबार दिउँसो एक युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ। अन्दाजी २५ देखि २६ वर्ष उमेरका युवकको शव भेटिए पनि हालसम्म उनको पहिचान खुल्न सकेको छैन।

स्थानीय उखुबारीभित्र घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको शरीरमा लगाएका कपडा यथावत् रहेको र दाहिने कानमा चोट लागेर सामान्य रक्तस्राव भएको प्रारम्भिक निरीक्षणबाट देखिएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए। उनले युवकको शव शंकास्पद अवस्थामा फेला परेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रारम्भिक अवस्था हेर्दा युवकको हत्या गरी शव उखुबारीमा फालिएको हुनसक्ने प्रहरीको आशंका छ। यद्यपि, वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको सम्भावनालाई समेत प्रहरीले नकारेको छैन।

प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्नुका साथै आवश्यक प्रमाण संकलन गरिरहेको छ। शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको र पोस्टमार्टम रिपोर्ट तथा विस्तृत अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने एसपी कटवालले बताएका छन्।

घटनामा संलग्न व्यक्तिको पहिचान तथा मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800