

इनरुवा, ११ जेठ । देवानगञ्ज गाउँपालिकाको शिक्षा समितिले शिक्षक भर्ना गर्न लिएको लिखित परिक्षामा सहभागी भएका सवै परिक्षार्थीहरु अनुर्तिण भएको बिषयमा छानविन गर्न ५ सदस्य समिति गठन भएको छ । शिक्षक भर्नाको लागि लिएको लिखित परिक्षामा ३० जना परिक्षार्थी सहभागी भएकोमा सवै जना उनुर्तिण भएका थिए ।
देवानगञ्ज २ का वडा अध्यक्ष जग नारायण मेहताले शिक्षा समितिले शिक्षक भर्नाका लागि लिएको लिखित परिक्षामा सहभागी भएका सवै परिक्षार्थीहरु अनुर्तिण भएको बिषय शंकास्पत देखिएकोले छानविन गर्न माग गर्दै पालिकामा निवेदन पेश गरेपछि समिति बनेको हो ।
वडाअध्यक्ष मेहताले “मिति २०८१।०१।२० गते देवानगञ्ज गाउँपालिकाको शिक्षा समितिले लिएको शिक्षकहरुको लिखित परिक्षामा सम्पुर्ण सहभागी परिक्षार्थीहरु असफल भएकोले दुःख प्रकट गदै सो सम्वन्ध्मा जनगुनासो धेरै आएकोले नतिजा शंकास्पद देखिएकोमा यथासिघ्र आवश्यक छानविन समिति गठन गरि सहि सत्य के हो जनसमुदाय समक्ष जानकारी गराउन माग गरिएको व्यहोरा अनुरोध छ“ उल्लेख गरि ९जेठमा निवेदन पेश गरेका थिए ।
सोही निवेदनको आधारमा गाउँपालिकाले ५ सदस्य छानविन समिति गठन गरेको छ । देवानगञ्ज १ का वडा अध्यक्ष सूर्यनारायण पालको संयोजकत्वमा समिति गठन गरेको निवेदक वडा अध्यक्ष मेहताले बताए । समितिलाई परिक्षाको विषयमा छानविन गरि यथासिघ्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
देवानगञ्ज १ को वडा अध्यक्ष तथा छानविन समितिका संयोजक सूर्य नारयण पालले समितिले काम शुरु नगरेको जानकारी दिदै चाडै छानविन गरि प्रतिवेदन पेश गर्ने बताए ।