देवानगञ्ज–१ मा गोली चल्दा एक युवक घाइते

Logo
Popular News शनिबार, आश्विन ०३, २०८३

इनरुवा, ३ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि शनिबार साँझ गोली चल्दा एक युवक घाइते भएका छन्। गोली लागेर स्थानीय १९ वर्षीय निरज यादव घाइते भएका हुन्।

यादवको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ। उनलाई घटनालगत्तै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको गाउँपालिका अध्यक्ष वेचन मेहताले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी तथा प्रवक्ता चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गर्दै घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बताएका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेको बताइएको छ।

गोली किन र कसरी चल्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनाबारे प्रत्यक्षदर्शी तथा स्थानीयसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800