एसईईको नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी

Logo
Popular News आइतबार, आषाढ १०, २०८१

काठमाडौँ, ९ असार । राष्ट्रिय परिक्षा वोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ ।
गत चैत १४ गतेदेखि सञ्चालन भएको कक्षा १० को नतिजा यसै हप्ताभित्रमा प्रकाशन गर्ने गरी तयारी थालेको हो ।

यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । ‘यहि हप्ता टुङ्ग्याउने भन्ने छ । अब रुजु गर्ने र प्रोसेसिङको काम बाँकी छ । २ दिन जति प्रोसेसिङका लागि लाग्छ । यो काम टुङ्गिएपछि मात्रै सिस्टममा इन्टी गर्ने हो । त्यो बेलासम्म सबै कोडिङ हुन्छ । करिब करिब ३ दिनको हाराहारीमा सबै टुङ्गो लगाउँछौँ,’ पौडेलले भने ।

बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागिएको हो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । र पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिका अनुसार यो पटकको परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो ।

नतिजा प्रकाशन हुन लागेको एसईईमा चार लाख ९१ हजार ४९७ विद्यार्थीले परीक्षा दिएका थिए ।

 

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800