एसईईको नतिजा बिहिवार बिहान सार्वजनिक गरिने

Logo
Popular News बुधबार, आषाढ १३, २०८१

काठमाडौँ, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले गत चैत्रमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बिहीबार) बिहान सार्वजनिक गर्ने भएको छ ।
बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने जानकारी दिए । त्यसका लागि बिहान ७ बजे बोर्डको बैठक बस्ने अध्यक्ष शर्माले बताए ।

बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार सार्वजनिक गर्न लागेको हो ।

बोर्डले अहिले नतिजाको डेमो गरिरहेको छ । त्यसको सबै प्रक्रिया पूरा गर्न अझ ४/५ घण्टा लाग्नेछ । त्यसपछि नतिजा सार्वजनिक गर्न सम्भव नहुने भन्दै बोर्डले बिहीबार बिहान नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800