विराटनगर महानगरद्वारा विद्यार्थीलाई साइकल वितरण

Logo
Popular News बिहिबार, आषाढ १४, २०८१

विराटनगर,१३ असार । विराटनगर महानगरपालिका वडा नम्बर १८ ले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ ।

बिहीबार वडा कार्यालयमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइरालाले जेहेन्दार विद्यार्थीहरुलाई साइकल वितरण गरेका हुन ।
विद्यार्थीलाई विद्यालय जान–आउन सहज होस् भनेर साइकल वितरण गरिएको वडाध्यक्ष जितेन्द्रकुमार साहले बताए ।

स्थानीय जनक आधारभूत र जानकी आधारभूत विद्यालयमा ६ र ७ कक्षामा अध्ययनरत १२ जना छात्राहरुलाई साइकल वितरण गरिएको वडाअध्यक्ष साहले जानकारी दिए ।

वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताए ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800