त्रिभुवन माविको भवन निर्माणका लागि इनरुवा नगरपालिका र भारतीय राजदुताबास बीच सम्झौता

Logo
Popular News शुक्रबार, आश्विन ११, २०८१

इनरुवा,११ असोज । विधालयको भवन निर्माणका लागि इनरुवा नगरपालिका र भारतीय राजदुतावास बीच सम्झौता भएको छ ।

इनरुवा नगरपालिका वडा नं.८ मा रहेको त्रिभुवन माध्यमिक विधालयको भवन निर्माणको लागि सम्झौता भएको हो ।

इनरुवा नगर प्रमुख केदार भण्डारीका अनुसार त्रिभुवन माध्यमिक विधालयको भवन निर्माणको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय राजदुतावास र इनरुवा नगरपालिका बीच सम्झौता भएको हो ।

भवन तीन करोड पचास लाख नव्वे हजार ४८६ रुपैया (भ्याट बाहेक) कुल लागतमा निर्माण हुने गरि सम्झौता भएको प्रमुख भण्डारीले बताए । उनले कुल लागतको २० प्रतिशत इनरुवा नगरपालिका र ८० प्रतिशत भारत सरकारले व्यर्होने गरि सम्झौता भएको समेत जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800