हाजिरीजबाफ प्रतियोगितामा नवयुग एकेडेमी प्रथम

Logo
धिरेन्द्र नारायण मण्डल आइतबार, जेठ १२, २०८२

इनरुवा, ११ जेठ । सुनसरीको इनरुवामा नगरस्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजबाफ प्रतियोगिता सम्मपन्न भएको छ ।

नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरको इनरुवा नगरस्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजबाफ प्रतियोगितामा सहभागि विद्यालयहरुमध्ये नवयुग एकेडेमी प्रथम, सरस्वति ज्ञानकुञ्ज माध्यमिक विद्यालय द्वितिय, रविमाया सहशिक्षा एकेडेमी तृतिय र भगवती माध्यमिक विद्यालय सान्त्वना हुदैँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन ।

इनरुवा नगरस्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजबाफ प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले हाजिरीजबाफ प्रतियोगिताले विद्यार्थीहरुको मनोवलमा उच्च सकारात्मक प्रभाव पर्ने भएकाले हाजिरीजबाफ प्रतियोगिता आयोजना गरकोमा नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । साथै आगामी दिनमा यस किसिमको कार्यक्रममा सम्पूर्ण विद्यालयलाई सहभागिता जनाउन समेत आग्रह गरेका थिए ।


नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको इनरुवा नगरस्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजबाफ प्रतियोगितामा नगरभित्रका १५ वटा विद्यालयले सहभागिताका लगि अफ्‌नो नाम दर्ता गराएको थियो । जसमध्ये ८ वटा विद्यालयले मात्र सहभागिता जनाएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800