पानी नपर्दै कुरुवा खोलामा बाढी

Logo
धिरेन्द्र नारायण मण्डल शनिबार, जेठ १८, २०८२

इनरुवा, १७ जेठ । सुनसरीको इनरुवामा आज पानी नपर्दै कुरुवा खोलामा बाढी आएको छ । धरानको सेउतीखोलामा बाढी ओर्लिएपछि कुरुवा खोलामा पनि बाढी आउने गर्दछ ।

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ३, ४ र ८ मा पर्ने सडक निर्माण कार्य भइरहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले ग्रामिण सम्पर्क सुधार परियोजना अन्तर्गत सडक, पुल र कल्भट निर्माण कार्य गरिरहेको छ ।

उदयपुर त्रियुगाका आशिष आशिर्वाद जेभि कम्पनीले ठेक्का पाएको निर्माण र कार्यसम्पादनमा आधारित मर्मतसम्भारको स्तरोन्नति योजना अन्तर्गत १२.०७३ किलोमिटर सडक, १७ वटा स्ल्याब कल्भट, ३१ वटा हिमपाइप र २ वटा पुल गरि जम्मा ५० वटा निर्माण कार्यको लागि कुल ६१ करोड ११ लाख ७६ हजार चार सय ५१ रुपैयाको लागतमा निर्माण कार्य भइरहेको छ ।

बर्षेनी बर्खामा कुरुवा खोलाको पानीले गाउँ नै जलमग्न हुँदै आएको स्थानीयले जानकारी गराएको छ । तसर्थ मनसुन भित्रिएसँगै स्थानीयलाई गाउँदेखि बजारसम्म जोडिने बैकल्पिक सडक समेत नभएकाले कुरुवाखोलामा चाँडै नै आवतजावतका लागि पुल निर्माण गरिदिन स्थानीयहरुले आग्रह गरेका छन ।

मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सुनसरीमा १३१ मिलिमिटर र झापामा १०४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800