विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु

Logo
Popular News मंगलबार, आश्विन २७, २०८३

विराटनगर, २७ असोज । संघीयता कार्यान्वयनका क्रममा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा निर्माण गर्ने उद्देश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ।

कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी भएका छन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट भने सम्मेलनमा सहभागी भएका छैनन्।

सम्मेलनमा विभिन्न प्रदेशका मुख्यमन्त्रीसहित प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष तथा मुख्यन्यायाधिवक्तासहितको टोलीको सहभागिता रहेको छ।

सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा देखिएका संवैधानिक तथा प्रशासनिक समस्या, प्रदेशको अधिकार र संघ तथा प्रदेशबीचको समन्वयलगायतका विषयमा छलफल गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800