सशस्त्र प्रहरी बल इनरुवामा ३ दिने उर्जा ध्यान शिविर सम्पन्न

Logo
धिरेन्द्र नारायण मण्डल सोमबार, जेठ २०, २०८२

इनरुवा, १९ जेठ । सुनसरीको इनरुवा स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटरले ३ दिने जीवन विज्ञान उर्जा ध्यान शिविर सम्मन्न गरेको छ ।
जीवन विज्ञान इनरुवा नगर परिषद्को आयोजनामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटरले उर्जा ध्यान शिविर संचालन गरेको हो ।

प्रहरीहरुमा उच्चत्तम खुशि र न्यूनतम तनाव होस भन्ने उदेश्यले जीवन विज्ञान उर्जा ध्यान शिविर तालिमको आयोजना गरेको प्रशिक्षक सविना सिग्देलले बताइन । व्यक्ति भित्र रहेको अन्तरनीहित क्षमतालाई बाहिर उजागर गरेर योग, साधनाले व्यक्तिलाई खुशि र स्वस्थ्य रहन मदत पु¥याउने गरेको प्रशिक्षक सिग्देलले बताइन ।
योगले शरिर र मनलाई एक ठाउँमा एकिकृत बनाएर जीवनलाई सकारात्मक तबरले अगाडी बढाउन मद्दत पु¥याउने भएकाले अहिलेकोे समयमा योग अनिवार्य रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गणका सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाले बताए । उनले भने कार्य व्यस्तताले बढेको तनावलाई योगले शरीरलाई निकै फाइदाजनक रहेको छ ।
ध्यान शिविर शनिवार देखी शुरु भएर आज सम्पन्न भएको हो ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800