सञ्चार क्षेत्रका चुनौती र समाधानबारे सम्पादक र प्रकाशकबीच अन्तरक्रिया तथा आचारसंहिता कार्यक्रम सम्पन्न ।

Logo
Popular News मंगलबार, आषाढ १७, २०८२

इनरुवा, १७ असार । सञ्चार माध्यम र सञ्चारकर्मीहरूले पछिल्लो समय भोगिरहेको विविध चुनौती र सम्भावित समाधानका उपायहरूबारे सुनसरीको इटहरीमा सम्पादक तथा प्रकाशकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ, सुनसरीको आयोजना र कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा टेलिभिजन, रेडियो, पत्रिका तथा अनलाइन सञ्चारमाध्यमका सम्पादक र प्रकाशकहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा सञ्चार क्षेत्रले भोग्दै आएका प्रमुख समस्या र चुनौतीहरूबारे समूहगत छलफल गरिनुका साथै तिनको समाधानका लागि सम्भावित उपायहरूमा छलफल भएको थियो । सहभागीहरूले दक्ष जनशक्तिको अभाव, सरकारी विज्ञापन वितरणमा सरकारी सञ्चारमाध्यमलाई मात्रै प्राथमिकता दिने नीति, र अन्य प्रशासनिक असहजताका कारण सञ्चारमाध्यमहरू निरन्तर दबावमा रहेको गुनासो गरेका थिए । साथै सम्पादकहरूले पछिल्लो समय सामाजिक सञ्जालजस्ता वैकल्पिक माध्यमहरूको बढ्दो प्रभावका कारण मुलधारका सञ्चारमाध्यमहरूको विश्वसनीयता प्रभावित भएकोमा चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीहरू पत्रकार महासंघले सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरूको क्षमता अभिवृद्धिमा थप अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । सोही अवसरमा पत्रकार आचारसंहिताका विविध पक्षमा समेत संवाद गरिएको थियो । नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ पत्रकारहरू हर्ष सुब्बा, कृष्ण अधिकारी, कृष्ण विनोद लम्साल, गङ्गा बराल, तथा महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्का सहितले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सुनसरीका विभिन्न स्थानबाट सञ्चालित सञ्चारमाध्यमका सम्पादक तथा प्रकाशकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800