मन्त्री मण्डलको सचिवालयको दावी: क्यूआर कोडमार्फत रकम संकलन गरेको छैन, समाचार भ्रामक

Logo
Popular News बिहिबार, आषाढ २६, २०८२

विराटनगर, २६ असार । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको सचिवालयले क्यूआर कोडमार्फत रकम संकलन नगरेको दावी गरेको छ ।

मन्त्रीको सचिवालयको तर्फबाट कुन्दन मण्डलले बुधवार ध्यानाकर्षण पत्र जारी गर्दै समाचार भ्रामक रहेको भन्दै क्यूआर कोडमार्फत रकम संकलन नगरेको दावी गरेका हुन् ।

कर्मचारी सरुवामा अनियमितता गरेको भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरू लाई पूर्णतः निराधार, एकपक्षीय र भ्रामक रहेको दावी गरिएको छ । निराधार आरोपले मन्त्रीको व्यक्तित्व, कार्यशैली र राजनीतिक मर्यादामाथि अनावश्यक प्रश्न उठाएको जनाएको छ ।

क्यूआर कोडमार्फत रकम संकलन वा माग गरिएको भन्ने दावी पूर्णतः गलत, कपोकल्पित र बदनियतपूर्ण रहेको भन्दै सचिवालयले सरकारबाट प्राप्त सुविधा र स्रोतसाधनहरू नियमानुसार नै उपलब्ध रहेकोले मन्त्रीले कुनैपनि प्रकारको अनधिकृत लाभ वा सुविधा प्राप्त गर्न नखोजेको दावी गरिएको छ ।

सचिवालयका अनुसार, कुनै पनि कर्मचारी सरुवा तथा बढुवाको प्रक्रिया कानूनी, प्रशासनिक तथा सेवा सुविधा सम्बन्धी मापदण्डअनुसार नै अगाडि बढाइएको छ । त्यसमा कुनै प्रकारको हस्तक्षेप वा अनियमितता नगरिएको पत्रमा उल्लेख छ ।

मन्त्री मण्डलको कार्यशैली पारदर्शी, सुशासनयुक्त र संवैधानिक मर्यादाभित्र रहेको तथा उहाँले विगतदेखि नै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितमा सेवा गर्दै आएको सचिवालयले दावी गरेको छ ।
समाचार प्रकाशन गर्नुअघि तथ्य संकलन, पुष्टि र सम्बन्धित पक्षको प्रतिक्रिया संलग्न नगरेको सचिवालयले दावी गरेको छ ।

विभिन्न संचारमाध्यममा क्यूआर कोडमार्फत रकम संकलन गरेको समाचार प्रकाशन, प्रशारण भएपछि ५ दिनपछि मन्त्रीको सचिवालयले आरोपको खण्डन गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800