लेखाशाखाका कर्मचारीमाथी दुव्र्यवहार गरेको भन्दै इनरुवा नगरपालिकाको कामकाज ठप्प

Logo
Popular News शुक्रबार, आषाढ २७, २०८२

इनरुवा, २७ असार । इनरुवा नगरपालिकाको लेखा शाखाका कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरुले कार्यालयको कामकाज ठप्प पारेका छन ।

आज (शुक्रवार) इनरुवा नगरपालिकाका कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलालाई विज्ञप्ती बुझाउदै गालीगलोज, दुव्र्यवहार र हातपात प्रयास गरेकोले संलग्नलाई कार्वाहीको माग गर्दै कामकाज ठप्प पारेका हुन ।

विज्ञप्तीमा भनिएको छ ’आर्थिक प्रशासन शाखामा कर्मचारी काम गरिरहेको बेलामा २५ गते राती ९ः२० बजे निर्माण व्यवसायीहरू इनरूवा ६ का खेमराज थापा र भोक्राहानरसिंह ७ का रमेश यादवले मादक पदार्थ सेवन गरी कार्यालय भित्र प्रवेश गरी कर्मचारीहरुलाई अपशव्द प्रयोग गरी गाली गलोज गर्नुका साथै हातपातको प्रयास गरेको, आर्थिक प्रशासन शाखामा रहेको ल्यापटप, कमप्यूटर, महत्वपुर्ण कागजात, चेक जफत गर्ने प्रयास गरी कार्यालयको कामकाजमा बाधा गरेको साथै कर्मचारीहरुलाई कुटछु, मार्छु भन्ने आपराधीक अभिव्यक्ति समेत दिएकोले कर्मचारीहरु आफनो सुरक्षाको लागि कार्यालय छोडन बाध्य भएको, उक्त घटनाको कारणले सो दिन गर्नुपर्ने महत्वपुर्ण कामहरु हुन नसकी राज्यको काममा बाधा पुर्याएको’ उल्लेख गरिएको छ ।

’हामी कार्मचारीहरु त्रसीत एवं असुरक्षित भएको हुदा निजहरुलाई कानुनी कार्यवाही गरी कार्मचारीको जिउ ज्यानको सुरक्षाको ग्यारेन्टी र सहज रुपमा कामकाज गर्ने वातावरण तयार नभए सम्म कार्यालयको कामकाजमा फर्कन नसकिने भएकोले २०८२ साल असार २७ गतेबाट इनरुवाको नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरुको अत्यावश्यक कामकाज बाहेक काम गर्न नसकिने विज्ञप्तीमा उल्लेख गरेको छ ।
इनरुवा नगरपालिकाका कर्मचारीहरुले शुक्रवार कामकाज ठप्प गर्दै कार्यालय परिसरमा धर्ना दिएका छन ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800