सिरहा कल्याणपुरका नगरप्रमुख साह एक लाख घुस रकमसहित पक्राउ

Logo
Popular News बुधबार, साउन ०१, २०८२

इनरुवा, ३२ असार । सिराहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले आज दिउँसो उनलाई नगरपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार, उपभोक्ता समितिबाट भुक्तानीको प्रक्रियामा नगरप्रमुख साहले एक लाख रुपैयाँ घुस लिइरहेका बेला उनी पक्राउ परेका हुन् । आयोगले पूर्व जानकारीका आधारमा निगरानी गर्दै आएको र प्रमाणसहित उनलाई नियन्त्रणमा लिएको आयोग स्रोतले जनाएको छ ।

घटनास्थलबाट घुस रकमसहितको मुचुल्का तयार गरि साहविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको आयोगको कार्यालय बर्दिबासले जानकारी दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800