इनरुवा, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका छन्।
प्रधानमन्त्री शाहसहितको नेपाली प्रतिनिधिमण्डल सवार नेपाल एयरलाइन्सको विमान केहीबेरअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरेका छन्।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन्।
त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली पनि आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी हुने भएको छ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जाने कार्यक्रम रहेको छ। सोही होटलमा आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश राजकीय भ्रमण हो।