स्वास्थ्य सामग्रीमा अनिवार्य MRP लागू गर्ने विषयमा दुई मन्त्रीबीच छलफल

Logo
Popular News मंगलबार, मंसिर ०९, २०८३

इनरुवा, ८ मंसिर । शल्यचिकित्सासम्बन्धी सामग्री, शरीरमा प्रत्यारोपण गरिने सामग्री तथा अन्य स्वास्थ्य सामग्रीमा अनिवार्य अधिकतम खुद्रा मूल्य (MRP) लागू गर्ने विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहसँग छलफल गर्नुभएको छ ।

मन्त्री मेहताले सर्जिकल गुड्स, इम्प्लान्ट, रिएजेन्टलगायत सम्पूर्ण स्वास्थ्यसम्बन्धी सामग्रीमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य लागू गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री साहसँग छलफल गर्नुभएको हो ।

स्वास्थ्य सामग्रीको मूल्यमा एकरूपता र पारदर्शिता कायम गर्ने उद्देश्यले उक्त छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

त्यस्तै, स्वास्थ्य सामग्रीको आयातसँग सम्बन्धित भन्सार प्रक्रियालाई सहज, व्यवस्थित र नियमित बनाउन तथा सम्बन्धित विभागमार्फत आवश्यक नियमन र अनुगमन गर्ने विषयमा पनि छलफल भएको छ ।

स्वास्थ्य सामग्रीको मूल्य नियन्त्रण, पारदर्शिता र प्रभावकारी अनुगमनका लागि दुई मन्त्रालयबीच समन्वय र सहकार्य आवश्यक रहेको विषयमा समेत जोड दिइएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800