धरानबाट ४९९ किलो गाँजा बरामद, भारतीय नम्बर प्लेटको स्कार्पियोसहित चालक पक्राउ

Logo
Popular News आइतबार, मंसिर ०७, २०८३

इनरुवा, ६ मंसिर । सुनसरीको धरानमा प्रहरीले भारतीय नम्बर प्लेटको स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद गरेको छ। प्रहरीको चेकजाँच छल्दै भागेको गाडीलाई पछ्याउने क्रममा गाँजासहित स्कार्पियो र चालकलाई नियन्त्रणमा लिइएको हो।

शनिबार राति करिब ११ः३० बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको बीआर ११ वाई ३०३९ नम्बरको भारतीय स्कार्पियोलाई प्रहरीले धरान–२ स्थित भानुचोकमा रोक्न खोजेको थियो। तर, प्रहरीको संकेत बेवास्ता गर्दै गाडी नरोकी भागेपछि प्रहरीले विभिन्न टोली परिचालन गरी पछ्याएको थियो।

इलाका प्रहरी कार्यालय धरान, प्रहरी चौकी तिनकुनेलगायतका प्रहरी टोलीले खोजी गर्ने क्रममा धरान–८ स्थित सेउती पुलबाट स्कार्पियोलाई नियन्त्रणमा लिएको हो।

गाडी जाँच गर्दा १६ बोरामा राखिएको ४९९ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले स्कार्पियो चालक मोरङको विराटनगर महानगरपालिका–१३ झमेली चोकका ३२ वर्षीय अजयकुमार साहलाई पक्राउ गरेको छ।

बरामद गाँजा, स्कार्पियो र पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800