इनरुवा, २५ भाद्र । सुनसरीको झुम्का कारागारबाट पनि कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीका नाममा पुगेको समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् ।
झुम्का कारागार प्रमुख सुवास लामिछानेले दिएको जानकारी अनुसार ब्लक ए र बीमा गरी १०९८ कैदीबन्दी रहेको कारागारका धेरै कैदी भागेका छन्।
उनका अनुसार अधिकांश कैदीबन्दी भागे । कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेपछि केहीलाई भित्रै राखिएको छ । ‘अन्तिमसम्म प्रयास गरियो, बल प्रयोग गर्नुपर्ने अवस्था भएपछि थप क्षति हुन नदिनसुरक्षा निकाय ब्याक भयो’, उनले भने, ‘सेना आइपुगेपछि भाग्दै गरेका केही कैदीलाई कारागारमा फिर्ता ल्याइयो, संख्या यकिन भएको छैन ।’