देशभर जारी भयो कफ्र्यू आदेश

Logo
Popular News बुधबार, भाद्र २५, २०८२

इनरुवा, २५ भाद्र । नेपाली सेनाले देशभर कफ्र्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कफ्र्यू आदेश जारी भएको सेनाले जनाएको छ ।

आजका लागि साँझ ५ बजेसम्म कफ्र्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कफ्र्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी हुने जानकारी गराइएको छ ।
आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ ।

व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको सेनाले जनाएको छ । अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासहरुमा सहकार्यका लागि सबैलाई नेपाली सेनाले आह्वानसमेत गरेको छ ।
आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोट, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने नेपाली सेनाले चेतावनी दिएको छ ।

निषेधाज्ञा तथा कफ्र्युको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुने छन् । आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सबैलाई सेनाले अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800