बुधबार सार्वजनिक बिदा

Logo
Popular News मंगलबार, भाद्र ३१, २०८२

काठमाडौँ, ३१ भाद्र । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । भदौ २३ र २४ गते जेनजी यूवा पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप सार्वजनिक बिदा दिइएको मंगलबार गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,’मिति २०८२ भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन मिति २०८२।०६।०१ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८२/०५/३० गते निर्णय भएको व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800