सुनसरीका प्रहरी प्रमुख थेवेलाई कार्यालयमा स्वागत

Logo
Popular News सोमबार, आश्विन ०६, २०८२

इनरुवा, ६ असोज । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक केशव कुमार थेवेलाई कार्यालयमा स्वागत गरिएको छ ।
भदौ ३१ गते आईजीस्तरीय निर्णयले नियमित कार्यअवधि पूरा नहुँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक सुमन तिम्सिनाको सरुवा भएको हो ।
तिम्सिनाको ठाँउमा सुनसरी प्रहरी प्रमुखको रुपमा केशबकुमार थेवे आएका हुन । उनी नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन महाशाखा नक्सालमा कार्यरत थिए ।
तिम्सिनाको कोशी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध महाशाखा विराटनगर सरुवा भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800