व्यापार संघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङलाई गाडी प्रदान

Logo
Popular News आइतबार, आश्विन १२, २०८२

इनरवा, १२ असोज । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङलाई एक थान ल्यान्ड रोभर गाडी उपलब्ध गराएको छ ।

संघले आइतबार एक कार्यक्रमको आयोजना गरी संघका अध्यक्ष अनुपम राठीले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडी हस्तान्तरण गरेका हुन् ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रमुख जिल्ला अधिकारीको गाडीसहित कार्यालयमा आगजनी भएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङको तीन वटा सवारी साधान रहेको थियो । आन्दोलनको क्रममा सबै सवारी साधन जलेका थिए ।

वातावरणको क्षेत्रमा काम गर्ने संस्था (सीम एन)ले चलाएको गाडी मोरङ उद्योग व्यापार संघमा रहेको थियो । उक्त गाडी मर्मत सम्भार गरेर प्रशानलाई हस्तान्तरण गरेको छ ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले प्रशासनको गाडी जलेर ध्वस्त भएपछि प्रमुख जिल्ला अधिकारीलाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले गाडी उपलब्ध गराएको बताए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मोरङ उद्योग व्यापार संघको सहयोगप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800