

इनरुवा, १७ असोज । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ फूलचोकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको बा ७७ प ९४२५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदै भाग्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको नम्बर नभएको इभी स्कुटरसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको हरिनगरा–५ का अन्दाजी २७ वर्षीय विराट मण्डलको उपचारका क्रममा विराटनगरस्थित सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल पछाडि सवार २९ वर्षीय कुवेर मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।