बर्जुमा बालिकामाथि सामूहिक जबरजस्ती करणी, तीन जना पक्राउ

Logo
Popular News बिहिबार, आश्विन २३, २०८२

इनरुवा २३ असोज । सुनसरीको बर्जु गाउँपालिका ६ मा १३ वर्षीय बालिकामाथि जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको छ । प्रहरीले आरोपीहरू पक्राउ गर्न समय लागेकाले घटना ढिला गरी सार्वजनिक गरेको हो ।
दशैको टिकाको दिन स्थानीय चिमडी मेला घुम्न गएको बेला ती बालिकामाथि बर्जु गाउँपालिका ६ स्थित चन्दा मोहन बाधमा लगेर ४÷५ जना युवकहरूले समूहले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय दुहबीले जानकारी दिएको छ ।
विजया दशमीको दिन राती १० बजे उक्त समूहले बालिकामाथि जबरजस्ती करणी गरेर भागेको सूचना इलाका प्रहरी कार्यालय चिमडीमा आएपछि प्रहरी टोली घटनास्थल पुगेर बालिकालाई उद्धार गरी नोबेल अस्पताल विराटनगर पठाएको थियो ।
नोबेल अस्पतालबाट ती बालिकालाई थप उपचारको लागि कोसी अस्पताल भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा प्रहरी टोली खटी घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका ६ बस्ने वर्ष २१ को बुधनारायण चौधरी, २१ वर्षीय विजय साह र सोही ठाउका १५ वर्षीय एक बालक रहेका छन् । उनीहरूलाई घटना भएको तीन दिनपछि गत शनिवार पक्राउ गरिएको तिमिल्सिनाले बताए ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान गर्न मङ्गलवार जिल्ला अदालत सुनसरीबाट शनिवारदेखि लागु हुने गरी ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800