राजनीतिक दलमा संलग्न शिक्षक–कर्मचारीमाथि सरकारले कारबाही गर्ने

Logo
Popular News आइतबार, कार्तिक २४, २०८२

काठमाडौं २३ कार्तिक । शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए सरकारले कारबाही गर्ने चेतावनी दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सार्वजनिक रूपमा ध्यानाकर्षण पत्र जारी गर्दै दलमा संलग्न भएको पाइएमा कानूनी कारबाही गर्ने बताएका हुन्।

“कसैलाई बाँकी नराखी आवश्यक कारबाही गरिनेछ,” मन्त्री पुनले बताएका छन्। उनका अनुसार कुनै पनि पेशागत ऐनले शिक्षक वा कर्मचारीलाई राजनीतिक दलमा सक्रिय हुने अधिकार दिएको छैन।

उनले भने, “पेशागत हकहितका लागि सौदाबाजी गर्न पाउने भए पनि अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिइएको छैन। यस्तो गतिविधि गरेको पाइएमा पदबाट वर्खास्त गर्न सकिने व्यवस्था रहेको छ।”

मन्त्री पुनका अनुसार अब शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ–संगठनहरूलाई मन्त्रालयले राजनीतिक रूपमा मान्यता नदिने निर्णय गरेको छ।

उनले ती संघ–संगठनहरूलाई “गैरराजनीतिक, स्वतन्त्र र व्यवसायिक” स्वरूपमा पुनर्गठन गर्न पनि आह्वान गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800