इनरुवा, २७ कार्तिक । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनकी विभा कुमारी नायकले यस वर्षको चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस तहको एकीकृत परीक्षामा छात्रातर्फ नेपालभर प्रथम स्थान हासिल गरेकी छिन्।
विभाले एकीकृत परीक्षामा छैठौं ¥याङ्क र छात्रा तर्फ पहिलो ¥याङ्क ल्याउँदै उत्कृष्ट नतिजा प्राप्त गरेकी हुन्। उनका बुबा मधुवनमा किराना पसल सञ्चालन गर्दै आएका छन्। ग्रामीण क्षेत्रमै बसेर यस्तो सफलता हात पारेकी विभाको उपलब्धिले स्थानीयवासी अत्यन्त उत्साहित र गर्वित भएका छन्।
विभाले प्रारम्भमा हेल्थ असिस्टेन्ट (HA) पढ्ने इच्छा राखेकी थिइन्, तर पढाइप्रति बढ्दो लगाव र मेहनतका कारण एमबिबिएस अध्ययनतर्फको बाटो खुलेको बताइन्। उनले दैनिक १२ घण्टा अध्ययन गर्ने बानीले नै सफलतामा पु¥याएको बताउँदै भनिन् “पढाइमा लगन र नियमितता भए, राम्रो नतिजा सम्भव हुन्छ।”
उनको यो उपलब्धिलाई बराहक्षेत्र र सुनसरी जिल्लाका विद्यार्थीहरूका लागि प्रेरणाको स्रोतका रूपमा लिइएको छ